अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ क्वारेन्टाइनमा रहेका १३ जनाकाे कोरोना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको छ ।
ढाकावाङको श्री बिश्व मावि क्वारेन्टाइनमा रहेका १३ जनाकाे कोरोना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको हो ।
उनिहरुको १४ औ दिनमा र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएको हो ।
र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएका सबै १३ जनालाई हाेम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ ।
भुमिकास्थानका क्वारेन्टाइनमा भारतबाट आएर बस्नेको संख्या ८७१ जना रहेको छ ।