बिजय खनाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ७ हंसपुरमा निर्माण गरिएका ३ वटा बिधालय वैद्यनाथ माबिमा २० जना, जनता आधारभूत बिधालय १२ जना र शिबशान्ती आधारभूत बिधालय २ जना गरि क्वारेन्टाइनमा बस्नेको संख्या ३४ जना पुगिसकेको छ ।
क्वारेन्टाइन स्थल र सिमानाकामा स्वयंसेवक सुरक्षा निगरानी कडा पारिएकोले वार्डको सबै सिमानाका शिल गरिसकेको अवस्थामा देउराली बामरुक प्रमुख सिमाबाट भने स्वदेशका विभिन्न स्थान र भारतबाट आउने वार्डबासीलाई स्वयंसेवक वा समाजसेवीको निगरानीमा क्वारेनटाइन स्थलसम्म पुर्याउने कार्यमा युबा लागिपरेर खटिरहेका छन् ।
शनिबार भारतको गुडगावबाट आएका एक जनालाई स्वयंसेवक युबाहरुको निगरानीमा सामाजिक दुरि कायम गर्दै क्वारेन्टाइन स्थलसम्म पुर्याइएको थियो । यो संगै सिमानाकामा २४ सै घन्टा स्वयंसेवक सुरक्षा निगरानी कडा पारिएको र स्वयंसेवकको रुपमा खटिने सबैलाई हलुका खाजको व्यवस्था समेत गरिएको कार्यबाहक वडाअध्यक्ष जित बहादुर खड्काले जानकारी गराउनु भएको छ ।
वैद्यनाथ मा.वि को क्वारेन्टाइनमा रहेका माधब नेपाली -१८ र पुजा बि. क – १६ लाई आरडीटी परिक्षणका लागी जिल्ला अस्पताल अर्घाखाँचीमा पठाउने निर्णय भएसंगै निजहरुलाई शनिबार पठाइएको छ ।