नरपानीका क्वारेन्टाइनका १३ जनाको पिसीआर परिक्षणका लागि स्वाव भैरहवा पठाइयो

सुर्य भुसाल 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीका क्वारेन्टाइनमा रहेका १३ जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।  
नरपानीको भृकुटी आधारभुत बिधालयको क्वारेन्टाइनमा रहेका  ६ जना र बिध्याबिनय आधारभुत बिधालयमा क्वारेन्टाइनमा बसेका  ७ जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको हो ।  
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर ६ का अध्यक्ष कृस्ण बहादुर आचार्य जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्राबिधिकको  टोली क्वारेन्टाइन स्थलमा पुगेर स्वाव लिएको थियो । 
नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिक  दिनरात क्वारेन्टाइन स्थलमा पुगेर उनिहरुको स्वास्थ्य अबस्था बुझि राख्नु भएको छ ।

अन्य समाचारहरु