सन २००५को तुलनामा हिंसा निकै कम भएको छ।
तर सुरक्षा अझैपनि एउटा मुख्य मुद्दा रहेको छ।
यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ।
संक्रमणको मोड
यो चुनाव संक्रमणको महत्वपूर्ण मोडमा भएको छ।
अमेरिकी सेनाले एकदमै थोरै भूमिका निर्वाह गरिरहेको छ।
सबैकुरा योजना अनुसारनै भयो भने अमेरिकी सैनिकहरु यही वर्षको अगष्टसम्म इराकबाट फर्कि सक्ने छन्।
आफैले तोकेको यो समयसीमा पर सारियो भने पनि बग्दादमा अमेरिकी राजनीतिक प्रभाव उल्लेखनीय रुपमा कम हुनेछ।
चुनौती
अब मुख्य चुनौती सरकारको गठन हो।
एकजना जानकार कूटनीतिक पर्यवेक्षकले भने जस्तै मुख्य प्रश्न अब इराकमा कस्तो सरकार हुन्छ भन्ने हो।
त्यो सक्षम सरकार हुन्छ कि जातीयतामा आधारित हुन्छ?
अर्को शब्दमा त्यो सरकार आफ्ना जनतालाई सेवा, सुविधा र आशा दिन सक्ने हुन्छ कि युध्द पछिको राजनीतिक जीवनलाई गाँज्नेजस्तै उही पुरानै जातीय पृथकतावादमा आधारित हुन्छ?
मानिसहरुले निरपेक्षताको आधारमा मतदान गर्लान तर मुख्य मुद्दाहरु जस्तो कि सुरक्षा, रोजगारी र सार्वजनिक सेवाहरु गैह्रजातीय छन्।
जुनसुकै नयाँ सरकार गठबन्धन सरकार हुनेछ।
यसमा केही मुख्य सिया दलहरुलाई सामेल गर्नु पर्नेछ, सुन्नीहरुलाई पनि ठाउँ दिनु पर्नेछ अनि सुसंगठित कुर्दिसहरुको पनि विचार गर्नु पर्नेछ।
मतदान सकिएपछि चुनावमा भाग लिएका दल र संगठनहरुको संभावित फूटले गठबन्धन सरकार गठनलाई अझ कठिन बनाउन सक्नेछ।
तर आउँदो जुलाई अगाडि नयाँ सरकार बन्ने संभावना छैन।