जुकेना क्वारेन्टाइनमा बसेका २२ जनालाई मासु भात

माधव प्रसाद बेल्बासे
जुकेना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाका युवाहरूले सुधा माविमा रहेको क्वारेन्टाईनमा बसेका २२ जनालाई क्वारेन्टाईमै पुगि मासु भातको व्यवस्था गरी खाना खुवाएका छन ।
लकडाउनका बेला लामो समय समस्यामा परी भारतबाट फर्केर क्वारेन्टाईनमा बसेकालाई एक बिहानको खाना खुवाएका हुन । शितगंगा नगरपालिका ५ मै बनाईएको क्वारेन्टाईनमा राखिएका २२ स्थानियलाई आज सोमबार बिहानको खाना खुवाईएको समाजसेवी युवा बिष्णु पौडेलले जानकारी दिए ।
वडा नं. ५ का युवाहरूमा नवराज बेल्बासे, गोपाल पौडेल, वेदराज बेल्वासे, लक्षमण पौडेल, माधवराज बेल्बासे लगाएको विशेष सहयोगमा क्वारेन्टाइन स्थलमै खाना बनाई खाना खुवाउने कार्य सम्पन्न भएको हो ।
विश्व कोरोना भाईरसका कारण आक्रान्त भएको र नेपाल पनि यस्को उच्च मारमा परेको बेला रोजगारीका लागि भारत गई कोरोनाबाट प्रभावित भई आफ्नो जन्मथलो आउनु भएका महानुभावहरुलाई एउटा मानविय सहयोग तथा क्वारेन्टाइनमा बस्नेहरुको रिफ्रेसको लागि सानो सहयोगको सुरुवात गरिएको र आगामि दिनहरूमा पनि यस्तै कार्य जारि राख्ने युवाहरूको भनाई छ ।

अन्य समाचारहरु