शितगंगाको सितापुर क्वारेन्टाइनमा बसेका ५१ जनालाई मासु

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका  २ सितापुर सरस्वती माबी क्वारेन्टिनमा रहेका ५१ जनालाई बिहानको खानामा १२ किलो बोइलर कुखुराको मासु दिनु भएको छ।
 जन्मघर सिनपा २ निपाने बुवा जित बहादुर थापा, आमा पुनकला थापाको जेठो छोरा जीवन थापा नेपाल सरकारको कर्मचारी हालको बसाई बुटबलबाट उहाले फोन मार्फत सहयोग गर्ने घोषणा गर्दै आज बिहानको खानामा आफ्नो तर्फबाट सरस्वती माबि क्वारेन्टिनमा रहेका सबैलाई कुखुराको मासु सहयोग गर्नु भएको हो। 
सितापुर स्वास्थ चौकीको अनुमतिमा पकाएर मासु सहयोग गरिएको थियो । 

अन्य समाचारहरु