छत्रदेवको अर्घातोषमा प्रहरी चौकीको भवन बनेपाछि स्थानीय हर्षित

सचिन पाण्डे 
अर्घातोष, अर्घाखाँची, २० ज्येष्ठ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ८ अर्घातोषमा प्रहरी चौकीको नयाँ भवन बनेको छ।
अर्घातोषको हटिया बजारमा समुदाय प्रहरी साझेदारी अवधारणा बमोजिम जिल्ला प्रहरी कार्यालयको सकृयता र समन्वयमा छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका वार्ड नं. १ , वार्ड नं. २ को सहयोगमा कार्यालय, व्यारेक, मिटिङ हल, भान्सा घर सहित ६ कोठे ट्रस मोडलको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भई उद्धघाटन भएको छ।
उक्त चौकी निर्माणमा छत्रदेव गाउंपालिकाको एक्काईस लाख मालारानी गाउपालिका १को पचहतर हजार मालारानी दुईको पचास हजार जनश्रम दान एक लाख पैतिस हजार प्रहरी श्रमदान छ्यालिस हजार गरि जम्मा चौबिस लाख सोह्र हजारमा निर्माण सम्पन्न भएको हो।
उद्दघाटन कार्यक्रममा छत्रदेव गाउँपालिका वार्ड  नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा खनका ईन्सपेक्टर मदन ठाकुरको स्वागत मन्तब्य अर्घातोष प्रहरी चौकिका इन्चार्ज गिताराम भुसालको सन्चालनमा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो।
उद्दघाटन कार्यक्रममा छत्रदेव गाउपालिका उपाध्यक्ष तुल्सिदेवि श्रेष्ठ छत्रदेव गाउपालिकाका प्रसासन अधिकृत खिमानन्द भुसाल विभिन्न राजनिती दलका ब्यक्तित्वहरु तथा समाजसेवि बिस्नु सुबेदिको पनि उपस्थित भएको थियोे । 

अन्य समाचारहरु