शितगंगा नगरपालिकामा १० जनाको आरडीटी परिक्षण पोजेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची, २० ज्येष्ठ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा १०  जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।  
शितगंगा नगरपालिकामा सोमबार ३७ जनाको गरिएको आरडीटी परिक्षणमा १० जनाको पोजेटिभ आएको हो । बाँकी २७ जनाको आरडीटी नेगेटिभ आएको छ ।  
शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा आरडीटी परिक्षण पोजेटिभ आएपछि १० जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।
यस्तै आरडीटी नेगेटिभ आएका २७ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको बताइएको छ । 
यसअघि आईतबार जिल्लाको शितगंगा नगरपालिका ३ जना र मालारानी गाउँपालिकामा १ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको थियो । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा क्वारेन्टाइनमा  २ जना र मालारानी गाउँपालिकामा  क्वारेन्टाइनमा रहेका १ जनाको  कोरोना  र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको थियो । उनिहरुको पनि पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।             
उता पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा राखिएको छ। यस्तै भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका एक जना युवाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।  

अन्य समाचारहरु