मनिष खनाल
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं. ११ सिद्धाराले क्वारेन्टाइनलाई व्यवस्थित गर्ने योजना सहित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई आवश्यक सामान सहित स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ।
आज शितगंगा ११ मौवावारी स्थित रुद्रवेनी आधारभूत विद्यालयको क्वारेन्टाईनमा रहेका ९ जनालाई बाल्टी, जग, साबुन, हार्पेक, ब्रुस, मास्क, किटनासक बिषादी, सेनिटाईजर वितरण गरेका हुन्।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई वडा अध्यक्ष कपिल आलेले कोरना भाइरस सर्ने तरिका, स्वास्थ्य तथा सरसफाइको उच्च आचरण र बच्ने उपायका बारेमा जानकारी दिदैं सामग्री वितरण गरेका छन ।
वडाबासीको निम्ति अहोरात्र खटिरहेका वडा अध्यक्ष आले अझैपनि यसै गरी खट्ने प्रतिबद्धता व्यक्त गरेका छन । साथै क्वारेन्टाइनमा बसेका युवाहरुलाइ अनुशासन सहित उच्च मनोबलका साथ ढुक्कसँग बस्न आग्रह गरे। हाल सम्म उक्त क्वारेन्टाइनमा ९ जना रहेका छन।