सितापुर स्वास्थ चौकीका स्टापद्वारा क्वारेन्टाईनमा बसेका १२३ जनालाई पोषण युक्त खाना सहयोग

जनक के.सी
सितापुर, अर्घाखाँची जेठ २० । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड न २ सितामा क्वारेन्टाइनमा रहेकालाई नास्ताको अभाव देखिएपछी १२३ जनालाई पोषण युक्त् खाना भन्दै अण्डा दिएर सहयोग गरेको छ।
सितगङ्गा नगरपालिका २ सितापुर स्वास्थ चौकिका स्टाप बिष्नु खनाल,माया क्षेत्री,रिता खनाल ,पदम भुषालको संयुक्त लगानिमा द्वारा वाड न २ मा रहेका सरस्वती माबिमा ५० जना, शान्ती आधारभुत घुम्टीमा रहेका ३८ जना तेस्तै जनता आधारभुत धारामा २५ जना र शान्ति आधारभुत झिर्‍रा छापाचौर ११ जना क्वारेन्टाइनमा बसेका १२३ जनालाई खानामा २ ओटा अण्डाका दरले २४६ पिस अण्डा सहयोग गरेका छन। 
उनिहरुलाई बिहान बेलुका सादा खाना नगरपालिकाकै मापदण्ड अनुसार खुवाएको छ। उहिहरुलाई पोषणको कमिहुन नदिन अण्डापनि राम्रो रहेको बिष्णु खनालले जानकारी दिनु भएको छ।ऐले सम्म शितगङ्गा २ सितापुरमा रहेका सबैको दैनिक अनुगमन भै रहेको छ । 
क्वारेन्टाइनमा बस्ने सबैको अबस्था सामान्य रहेकोपनि जानकारी गराउनु भएको थियो। 

अन्य समाचारहरु