अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुखको फेसबूक पेजमा विवादास्पद कमेन्टहरु लेखेको भन्दै प्रहरीले २ जनालाई नियन्त्रण लिएको छ ।
नगरप्रमुखले आफ्नो फेसबूक पेजमा विवादास्पद कमेन्टहरु लेखेको भन्दै उजुरी दिएपछि २ जनालाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रण लिएको बताइएको छ । प्रकाउ पर्नेमा स्थानिय बसन्त बेल्बासे र सन्तोष बेल्बासे रहेका छन् ।
जेठ १८ गते नगरप्रमुख अधिकारीले ..शितगंगा नगरपालिका भित्रका विभिन्न स्थानका क्वारेन्टिनमा वस्नुहुने नगरवासीहरुको आर.डि.टी. को लागि तपसील वमोजिमको मिति र स्थान निर्धारण गरिएकोले उक्त स्थानमा गई जाँच गराउन हुन अनुरोध गर्दछु ।.. भनेर गरेको पोष्टलाई लिएर २ जनालाई कमेन्टहरु गरेका बताइएको छ ।
उनिहरुले आरडिटि परिक्षण भन्ला पिसिआरमा जोड दिनु पर्ने तथा आरडिटि गर्ने बहानामा बजेट सक्ने योजना मेयरको भन्दै आरोप प्रत्यारोग गरेका थिए । कमेन्टहरुमा नराम्रो शब्द प्रयोग गरी गाली भने गरेका छैनन् । सामान्य असुन्तिष्ठ राख्दै कमेन्टहरु गरेको देखिन्छ ।
यस्तै कमेन्टहरु गरेको अर्को दिन सोमबार नगरप्रमुख अधिकारीले मेरो फेसवुक पेजमा गरिएका कमेन्टहरु तथा सुझावहरुलाई गम्भिरताका साथ हेर्ने गरिएको छु भन्दै अर्को पोष्ट गरेका थिए ।
उता उनिहरुलाई साइवर क्राइम सम्बन्धी मुद्धा लाग्न सक्ने इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । अहिले गाली गलौज अन्तरगत उजुरी परेकोले पक्राउ परेका बताइएको छ ।
उनिहरुले गरेको कमेन्टहरु माथि अध्यन जारी रहेको र साइवर क्राइम अन्तरगत मुद्धा चलाएमा काठमाडौ जिल्ला अदालतबाट मुद्धा चल्ने उल्लेख गरिएको छ ।
यस्त छन् कमेन्टहरु: