शितगंगाको सिमलपानी पावरामा विधुतीय सामग्री उत्पादन शुरु भएपछि युवाहरुले रोजगारी पाउन थाले

सुर्य भुसाल  
सिमलपानी,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावरामा स्थानिय रुपमा बिधुत सम्बन्धि सामान उत्पादन गर्ने  उधोग शुरु भएपछि त्यहाँका स्थानिय युवाहरुले रोजगारी पाउन शुरु गरेका छन् ।
संचारकर्मी तथा युवा ब्यबसायी दिपक बहादुर कार्कीले पावराका धेरै युवाहरुलाई रोजगारी दिई रहेका छन् ।
काठमाडौंको सितापाईला स्थायी ठेगाना भएका पत्रकार कार्की बिगत १० बर्ष देखि सिमलपानी पावरामा ब्यबसाय गर्दै आएका छन् ।  बिधुतिय च्यानल डिसस्टे उत्पाद गरेर अर्घाखाँची रुपन्देही कपिलवस्तु पाल्पा प्युठान लगायतका जिल्लामा सप्लाई गर्ने बिधुतिय सामान उत्पादन हुने गरेको युवा ब्यबसायी कार्कीले बताउनु भयो ।
कार्की डिएसए कन्ट्रकसनका सन्चालक तथा सामाजिक अभियान्ता हुन्। दुखी पिडितलाई सहयोग गर्ने सहयोगी मनका धनि ककार्कीले लकडाउनका बेला धेरै पिडितहरुलाई चामबल दाल बितरण गर्नु भएको छ ।

अन्य समाचारहरु