शितगंगा नगरपालिकामा २२ जनामा आरडिटी पोजेटिभ

बिष्णु कुमार आले 
सुवर्णखाल, अर्घाखाँची जेठ २२   । भारतबाट आएर क्वारेन्टाइनमा बसेका अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिका वार्ड नम्बर १ सुवर्णखाल मन्द्रे निमाबिमा आरडिटी परिक्षण गर्दा १० जनामा प‍ोजेटिभ देखिएको छ । 
क्वारेन्टाइनमा बसेको १४ दिनपछि आज बिहिबार ३४ जनाको परिक्षण गरिएका मध्ये १० जनामा आरडिटी पोजेटिभ भेटिएको हो । उनिहरूको पिसिआर जाँचका लागि स्वाव संकलन गरि प्रादेशिक अस्पताल भैरहवामा पठाउने तयारी भएको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका प्रमुख डाक्टर बिभेष मण्डलले जानकारी दिए । 
आरडिटी पोजेटिभ देखिएकाहरू सँग एउटै कोठामा क्वारेन्टाइनमा बसेका १४ जनालाई अर्को परिक्षण नहुदा सम्म क्वारेन्टाइनमै राखिएको छ । बाँकी आरडिटी परिक्षण नेगेटिभ आएका १० जनालाई घरमै अलक कोठामा थप १५ दिन क्वारेन्टाइनमा बस्ने गरि आ-आफ्नो घरमा पठाईएको वडा अध्यक्ष बुद्धिकृष्ण पौडेलले बताए । 
शितगंगा १ मा बिभिन्न ६ ओटा बिधालयमा भारतबाट आएका १ सय ७ जना क्वारेन्टाइनमा रहेको अध्यक्ष पौडेलले बताए । यस अघि शितगंगाको डोहोटेमा १ जना, जलुकेमा ५ जना,जुकेनामा ४ जना,सिद्धारामा २ जना,सिमलपानीमा १ आरडिटी पोजेटिभ देखिएको छ । यो सगै शितगंगामा २२ जनामा आरडिटी पोजेटिभ भेटिएको हो ।

अन्य समाचारहरु