अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाको क्वारेन्टाइनमा रहेका २ जना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ आईतबार २३ जनाको आरडीटी परिक्षण गरिएको थियो ।
साथै २ जनासँगै बसेका अन्य ४ जना समेतकाे पिसिआर रिपोर्ट नआउदासम्म बस्नु पर्ने भएकोले सबै ६ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।