अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको क्वारेन्टाइनमा रहेका १० जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको छ ।
यहाँ आईतबार १० जनाको आरडीटी परिक्षण गरिएको थियो ।
सिद्धारा क्वारेन्टाइनमा रहेका १० जनाको आज आरडिटी परिक्षण गर्ने बेला वडाअध्यक्ष भिम केसी त्यहाँ पुगेर नेगेटिभ आएकाहरुलाई स्वागत गर्दै सुरक्षित होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्नु भयो । अब १९ जना क्वारेन्टिनमा रहेका छन् ।