खनदह -खन- च्यानडाँडा सडक खण्ड पहिरो जाँदा अवरुद्ध

बिष्णु खनाल
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  स्थित च्यानडाँडा–खन–खनदह सडक खण्ड अन्तर्गत ढुंगे देउराली नजिकै गएराति ठुलो पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । पहिरो जाँदा अत्यावश्यकका सवारि साधन आवात जावात गर्न सकेका छैनन्।
पहिरो पन्छ्याउन भनि मालारानी गाउँपालिकाबाट आएको जेसिबी बाटो मर्मत गर्न नसकेर फर्किएको छ । बाटोभन्दा माथि ठुलाठुला ढुंगा भएकाले पहिरो पन्छ्याउन गाह्रो भएको हो । माथीबाट पहिरो झर्ने क्रम रोकिएको छैन ।
बाटो माथी ठुला ठुला ढुंगाहरु झुण्डिएको अवस्थामा छन्, स्थानीय गोविन्द खनालले भन्नुभयोः “ती ढुंगाहरु कतिखेर झर्ने हो थाहा छैन । बाटो पुर्ण रुपमा बन्द छ ।” पहिरो झरेको वरिपरि कसैलाई नजान पनि उहाँले आग्रह गर्नुभयो ।
प्रदेश सरकारको आर्थिक सहयोगमा गएको वर्ष मात्र उक्त बाटो डबल कटिङ्ग गर्ने काम भएको थियो । समयमै सम्बन्धित निकायको ध्यान जान नसके गम्भिर दुर्घटना निम्तन सक्नेछ ।