इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार

प्यालेष्टाइन र इजरेल क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी मध्य-पूर्व समस्यासम्बन्धी विशेषदूत जर्ज मिचेलले हिजो इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्‍वीकार गरेको कुरा बताउनुभयो।

        श्री मिचेलले इजरेल र प्यालेष्टाइननले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार गरेकोमा खुसी लागेको भन्दै दुवै पक्षले ‌औपचारिक वार्ता छिटोभन्दा छिटो आयोजना गर्ने आशा व्यक्त गर्नुभयो।