छत्रदेवको ठुलापोखराका कृषक मुखियालाई ज्योती लाइफद्धारा छत्रदेवका आर्थिक सहयोग

श्याम घिमिरे
ठुलापोखरा, जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालीका वार्ड नं. ६ ठुलापोखराको जरेखोलाका कृषक मोहन मुखियालाई ज्योती लाइफ ईन्स्योरेन्स अर्घाखाँचीले आर्थिक सहयोग गरेको छ । 
गत जेठ २३ गते राती अविरल बर्षाका कारण घर नजिकै रहेको कच्ची गोठ भत्किदा मुखियाको लाखौँ रुपैया बराबरको क्षती भएको थियो । वर्षाका कारण उनको एउटा भैसी र दुई ओटा दुहुना गाई मरेका थिए भने त्यो भन्दा पहिल्यै एउटा भैसी पनि मरेको थियो । यस्तै दुध विक्रीका लागी सन्धिखर्क गएको समयमा उनको एउटा मोटरसाईकल समेत आफै जलेर नष्ट भएको थियो ।
कृषक मुखियालाई संकटको बेला थोरै भएपनि सहयोग गरौ भन्ने उद्धेश्यले २० हजार ९ सय १६ रुपैयाँ आफुहरुले सहयोग गरेको ज्योती लाइफ ईन्स्योरेन्स अर्घाखाँची शाखा प्रमुख कृष्ण खनालले बताउनुभयो । 
एजेन्सी र यड्भ्वाइजरहरुले संयुक्तरुपमा संकलन गरेको उक्त रकम सोही वडाका वडाअध्यक्ष कमल पौडेलले एक कार्यक्रमका बिच कृषक मुखियालाई हस्तान्तरण गर्नुभएको हो ।

अन्य समाचारहरु