सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत बिभिन्न कामहरुमा झन्डै ३ सय जना आठ वार्डका बिभिन्न कार्यक्रममा खटिएका छन् ।
उनिहरु गाउँपालिकाले खटाएका ठाउँहरुमा अति आबश्यक कामहरु गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामदारहरुले गरेको कामको गाउँपालिकाको अनुगमन टोलीले मङलवार दिनभर अनुगमन गरेको र उनिहरुले गरेको काम गुणस्तरीय रहेको अनुगमनमा आफुहरुले पाएको अधिकृत भुसालले बताउनु भयो ।
एकातिर बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रणका लागि क्वारेन्टाइनमा रहेका महानुभाबहरुको आरडिटि पिसिआर चेक जाच उनिहरुको बसाइँ खानपानको अबस्था स्वास्थ्य अबस्थाका बारेमा समेत गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसाल आठ वटा वार्डका अध्यक्ष रोजगार संयोजक सहितका जनप्रतिनिधिहरु रातदिन खाईनखाई खटिएका छन भने अर्को तर्फ अषाढ लाग्न लागेको र अबको १ महिना भित्र धेरै योजनाहरु सम्पन्न गर्नु पर्ने बिकास निर्माणका कामहरु गुणस्तरीय गर्नु पर्ने भएको कारण पनि कर्मचारी र जनप्रतिनिधिहरु अनुगमनमा दिन रात खटिएका छन् ।
गाउँपालिकाले आगामी बर्षको बजेट तर्जुमा बजेटको आकार समेटिने योजनाका बारेमा समेत छलफल सामाजिक दुरि कायम गरि स्थानिय सरकार सन्चालन एन अन्तगतका सबै चरण सम्पन्न गरि आगामी ३० गते सामाजिक दुरि कायम गरि गोष्ठीको समेत आयोजना गरिएको प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।
लकडाउनका बेला पनि स्थानिय साधन श्रोत परिचालन गरि गाउँपालिका भित्रका बिकासका कामले तिब्र गति लिएको छ । बिहान देखि बेलुका अबेर सम्म कर्मचारीहरु दैनिक प्रसासनिक बिकास निर्माण अनुगमन निरिक्षणमा गाउँपालिका कर्मचारी खटिएर काम गरेपछि छत्रदेवबासी हर्षित छन ।
प्रमुख प्रशासकिय अधिकृत भुसाल र जनप्रतिनिधिहरु रातदिन गाउपालिका भित्रको बिकासमा तल्लिन देखिदा त्याहाको बिकासले मुहार फेरेको स्थानिय बताउछन रातदिन नभनि खटिने कार्यालय प्रमुख अनुभबी भएको कारण पनि कोरोना माहामारिका बेला बिकासमा स्थानिय साधन श्रोतबाट सम्भब भएको हो ।