बिक्रम पाण्डे
डिभर्ना, अर्घाखाँची जेष्ठ २७ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड १२ डिभर्ना ज्ञान प्रकाश माध्यमिक बिद्यालय सल्लिकोट क्वारेन्टाइनमा रहेका नागरीकहरुलाई पोसणयुक्त खाना , मासु , चना , अण्डा माक्स तथा सेनिटाईजर प्रदान गरीएको छ ।
रोजगारको सिलशिला बिदेशमा रहने सन्धिखर्क १२ परालिखर्कका युवाहरुको सकृयतामा उक्त सामाग्री प्रदान गरिएको हो ।
क्वारेन्टाइनमा रहने दाजुभाइहरु पनि आफ्नै आफन्त तथा दाजुभाइ हुन् युएईमा रहने रमेश क्षेत्रीले भन्नू भयो , “हामी पनि बिदेशमा छौं पछि हामी पनि त्यही क्षेत्रमा आउने हो । आफ्नै दाजुभाई सम्झेर सहयोग गरेका हौं ।”
हाल यस क्वारेन्टाइनमा ४० जना ब्यक्ती रहनु भएको छ । जस मध्य ३५ जना पुरुष तथा ५ जना महिला रहनु भएको छ ।
क्वारेन्टाइनमा यो पहिलो चरणको सहयोग हो , मलेसियामा रहनुहुने महेन्द्र पाण्डेले भन्नुभयो , ” हामीले सहयोग जुटाएर पनि पछि सहयोग गर्छौं ।”
क्वारेन्टाइनमा रहने दाजुभाइहरुको भान्सा ब्यबस्थापनमा सहयोग गर्नु हुने युवाहरुलाई वडा अध्यक्ष नारायण खड्काले धन्यवाद दिनुभयो । साथै अध्यक्ष खड्काले यस क्वारेन्टाइनमा रहेकाहरुको १४ दिन अबधी पूरा भएसङ्गै आर डी टी परीक्षण गरीने जानकारी दिनुभयो ।
पछिल्लो समय क्वारेन्टाइनमा रहनेहरुको स्वास्थ्य अबस्थालाई मध्य नजर गर्दै सामाजिक सस्था तथा युवाहरुको सक्रियता स्वस्थ पोसणयुक्त खाना तथा सवास्थ्य सामाग्री सहयोग गरेको पाईन्छ । केही दिन अगाडि मात्र ज्ञान प्रकाश माबी क्वारेन्टाइनलाई युवा सामाजिक ब्यक्ती हाल कतारमा रहने युवा बिष्णु बहादुर बिकले क्वारेन्टाइन ब्यबस्थापनको लागि ३० हजार सहयोग गर्नु भएको थियो । त्यस्तै युवा ब्यबसायीद्वय प्रदिप श्रेष्ठ र श्यामकृस्ण श्रेष्ठले पोसणयुक्त खाना तथा स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।