सार्वजनिक यातायात नचल्ने, निजीमा जोर विजोर लागु ,आन्तरिक तथा बाह्य दुबै हवाई उडान तत्काल नखुल्ने

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । 

उपत्यका बाहिरको हकमा जिल्ला भित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।नेपालमा तत्काल हवाई उडान तत्काल नखुल्ने भएको छ । सरकारले तोकिएकाबाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्दारको काम जारी रहनेछ ।