छत्रदेव गाउँपालिकाद्वारा २९० जना घरपरिवारलाई खानेपानी ट्यान्की बितरण

सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची  २९ जेठ २०७७  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सामाजिक दुरि कायम गरि  खानेपानी ट्यान्की बितरण गरेको छ । 
गाउँपालिका भित्र वार्ड नम्बर ५ र वार्ड नम्बर ३ का २ सय ९० जना घर परिवारलाई खानेपानी ट्यान्की बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो । 
गाउँपालिकाले खानेपानी समस्या समधान गर्नका लागि छत्रदेवबासीलाई खानेपानी प्राप्त बनाउनका लागि बिभिन्न खालका योजनाहरु अगाडि सारी  दुर्त   गतिमा काम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको भनाइ छ ।
खानेपानी ट्यान्की बितरण गर्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले समव् द छत्रदेब सुखि छत्रदेवबासी बनाउनका लागि बिकासले मुहार फेर्ने गरि काम गरिरहेको बताउदै बिकास र सुशासन पारदर्शिता मा कुनै कमि हुन नदिने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठले बिषम परिस्थितिमा पनि रातदिन खटेर आफुहरुले काम गरिरहेकाले देखिने गरि बिकासका काम अगाडि बढेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले जनप्रतिनिधि र कर्मचारीले निकै मिहिनेतका साथ काम गरिरहेकाले छत्रदेवको बिकासमा बिश्वब्यापी फैलिएको कोरोनाले आकस्मिक असर परेपनि धेरै काम सम्पन्न हुन लागेको बताउनु भयो । 
 उहाले गाउँपालिका भित्र सुशासन पार्दसिता अनुशासन मुस्कान सहितको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले अनियमितता कुनै हालतमा हुन नदिने र अनियमितता गर्ने कसैलाई आफुले नछाड्ने बताउनु भयो । 
छत्रदेव गाउँपालिकामा बिकासले मुहार फेरेको छ जनप्रतिनिधि र कर्मचारीहरुको बिकासमा ध्यान केन्दित हुनाले बिकासले दुर्त गति लिएको भन्दै स्थानियबासी  हर्सित छन् ।  

अन्य समाचारहरु