भुमिकास्थानको ढाकावाङका ३ स्थानका क्वारेन्टाइनबाट फरार भएका ३५ जना पुनः प्रकाउ

माधब खनाल / अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १ र २ ढाकावाङका तीन स्थानमा रहेका क्वारेन्टाइनबाट फरार भएका ३५ जना प्रकाउ परेका छन् । 
सोमबार दिउँसो १ बजेतिर फरार भएका  भुमिकास्थान नगरपालिका वार्ड नं. १ ढाकावाङको बाल शिक्षा माध्यमिक विधालय साम्नेगाउँमा ५ जना, देउराली आधारभूत विधालय राजीमेमा १० जना र भुमिकास्थान नगरपालिका वार्ड नं. २ ढाकावाङको जनशान्ती आधारभूत विधालय भुमिकास्थान २ झाकृसालामा २० गरी ३५  जनालाई प्रहरीले प्रकाउ गरेको हो । फरार भएका सबै ३५ जनालाई प्रहरीले प्रकाउ गरी पुनः क्वारेन्टाइनमा राखेको छ ।    
पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला पठाएको लामो समय हुँदा पनि रिपोर्ट नआएको भन्दै उनिहरु  एकाएक क्वारेन्टाइनबाट भागेका थिए । उनिहरुलाई दिनभरि प्रहरी परिचालन गरी प्रकाउ गरिएको थियो । 
उनिहरु सबै भारतबाट आएर त्यहाँ बसेको २० दिन भन्दा बढी भएको छ ।  उनिहरुको पीसीआरको लागि स्वाब पठाइएको एक साता भन्दा बढी भैसकेको छ । 
घटनापछि प्रहरीले यहाँको सुरक्षा व्यवस्थ्या कडा पारेको छ ।     
उता ज्येष्ठ २८, बुधवारदेखि जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा स्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा बस्नेहरु २० दिन बढी हुँदासम्म पीसीआर परिक्षण नगरेको भन्दै अन्दोलित भएका छन् । उनिहरु स्थानिय जनप्रतिनिधी प्रति आक्रोसित भएका छन् ।  
यस्तै पछिल्लो समय प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा स्वाब परीक्षणको चाप अत्यन्तै बढेको भन्दै अर्घाखाँचीका पीसीआर स्वाब लिन नमानेपछि भरतपुर र काठमाडौं पठाइएको छ ।  

अन्य समाचारहरु