सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आर्थिक वर्षको निति तथा कार्यक्रम आगामी अषाढ ६ गते प्रस्तुत गर्ने भएको छ । भने बजेट असार १० गते सार्वजनिक गर्ने भएको छ ।
गाउँकार्यपालिकाको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्षको निति तथा कार्यक्रम आगामी अषाढ ६ गते प्रस्तुत गर्ने भएको हो । भने बजेट असार १० गते सार्वजनिक गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता उपाध्यक्ष तुल्सादेवि श्रेष्ठको अतिथ्यतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्यण गरेको थियो ।