सुभाष ज्ञवाली
कहिलेकाही यस्तो लाग्छ म जन्मिए हुर्किए र यहाँसम्म आइपुगे तर आफ्नो परिबार समुदाय र आफन्तको लागी खास केहि गर्न नसकेकोमा आफैलाइ केहि हिन्ताबोध भैरहेको छ ।आफु र आफ्नो लागी त जनाबरले त गर्छ भने हामी त मानव हौ हामीले केहि गर्नु पर्छ भन्ने मेरो हजुरआमाको ति शब्दावली ले आज पनि हरेक कामहरू गर्दा झसङ्ग बनाइ रहन्छ । हजुरआमाले आफ्ना ब्यक्तिगत र पारिबारिक समस्याहरू का बाबजुद गरेका सामाजिक कार्यहरु नियाल्दा सामाजिक काम गर्न पढेलेखेका र आर्थिक हिसाबले सम्पन्न हुनुपर्छ भन्ने नियम लागु हुदैन जस्तो लाग्छ ।
छोराछोरी सानै हुदा आफ्नो श्रीमान् गुमाउदा पनि आफ्नो मन बलियो बनाएर आफ्ना तिन सन्तान हुर्काउनु भयो । सम्पन्नशाली परिबार भन्दा आफ्ना छोराछोरीलाइ कुनैपनी अबस्थामा कमि हुन नदिइ अगाडी बढाउनु भयो । कहिले पैसा नहुदा आफ्नो घरमा भएको तामाको ताउलो तथा धेरै पित्तलका सामान हरु बन्धकी राख्नुभयो तर आफ्नो अस्मिता गुमाउनु भएन ।
कहिलेकाही आफन्तहरुले केहि प्रलोभनमा पारी “पैला” पठाउने प्रयास गरे त कहिले कोहि पुरुष सङ्ग नजिक बनाउने गलत प्रयास गरिरहे तर आफ्नो स्वाभिमान ,इज्जत ,मान प्रतिष्ठालाई ढलमल हुन दिनुभएन र सदा आफ्नो सिर उचो राखेर उभिनुभयो ।
आफ्नो छोराछोरीका हरेक इच्छा चाहना लाइ कहिले मार्न दिनुभएन।आफु एक जोर कपडाले बर्सौ बिताउदा हामीलाई हरेक ठुला ठुला पर्वमा नयाँ नया लुगा किनिदिनुहुन्थो ।हजुरलाई पनि त रहर लाग्थ्यो होला नि आमा .. नया लुगा लगाउन तर हजुर सदा हाम्रो खुशीमा रमाउनुभयो । खै किन किन म सानैदेखी सोचिरहने गर्थे हजुरको त्यो महान बिचार , भावना देखेर ।हरेक समस्यासङ्ग जुध्नुहुन्थ्यो ,जति अभाव भएपनि पिडा भएपनि कहिले हाम्रो अगाडि देखाउनुभएन । आज मलाई प्रश्न गर्न मन छ ?तपाईं मेरो हजुरआमा भए पनि सदा आमाको भन्दा कम भुमिकामा रहनुभएन ।मम्मी मेलापात गएर घर आउदा ढिलो हुदा हामी आमा आमा ….भनेर रुदा, चिच्याउदा आफ्नै दुध चुसाएर सुताउनुहुन्थ्यो ।त्यसैले म तपाईलाई सदा आमा नै भनेर सम्बोधन गर्छु र जन्म दिनुभएको आमालाई मम्मी भनेर सम्बोधन गर्छु ।
घरमा आर्थिक भारले थिचोलिरहदा हजुरबुबाले मेरो बुबालाई पाँच बर्षको उमेरमै छोडेर स्वोर्गमा जानुभयो तर हजुरले बुबाआमाको साथ निभाउदै तासको खालमा बसेका ब्यक्ति सङ्ग सापट लिएर पनि रकमको ब्यबस्थापन गर्नुभएको थियो । आफ्ना परिबार भित्रका हरेक समस्या हरु लाइ ब्यबस्थापन गर्दै समाज प्रतिको आफ्नो उत्तरदायित्व कहिले कमि हुन दिनुभएन । आफ्नो छोरालाई समाजकै उदाहरणीय बनाउने आफ्नो निरन्तर प्रयासलाई कहिले सम्झौता गर्नुभएन र आजको दिनमा ल्याउन सफल हुनुभयो ।
पोखरामा आयोजना गरिएको भलिबल खेलको लागी प्रतिस्पर्धामा जान बुबालाई अपुग भएको रकम जुटाउन आफ्ना हरेक आबश्यकता लुकाएर पनि रकमको जोहो गरि पठाएर फर्किदा “gold medal ” लिने वाताबरण सृजना भएको देख्दा तपाईंको मन कति गर्बिलो बनेको थियोे म शब्दमा ब्याख्या गर्न सक्दिन ।मलाई जानकारी भए सम्म तपाईं धेरै छाक आधा पेट उठनु भयो र अघाएको कल्पना गर्नुभयो । आफ्ना सन्तानको लागि हरेक आफ्ना खुसिहरु बन्धकी राख्नुभयो । तपाईंको एउटा मात्र लक्ष्य थियो आफ्नो छोरालाइ समाजकै प्रतिस्ठित बनाउने जब आफ्नो चाहना पुरा भयो तपाईंलाई अन्य कुनै चाहना रहेनन् । जब तपाई छोराछोरी सानै हुदा आफ्नो श्रीमान गुमाएर बिधुवा हुनुभयो तपाईंको विपक्षमा लाग्ने ब्यक्ति आज तपाईं कै शरण पर्न आउदा तपाईंको मन कति गर्बिलो हुन्छ शब्दमा ब्याख्या गर्ने बिषय नै बनेन ।
दुख मा परेका कोहि ब्यक्तिलाई बाटो मा देख्दा आफनो घरमा लिएर गइ उसका आबश्यकता पुरा गरिदिएर उसको मनले दिएको आशीर्वाद ले आज हामीलाई पनि सुख को अनुभुती मिलेको छ सङ्गै ती ब्यक्तिहरुको आशीर्वादले हामीलाई दुई छाक खान पुगेको छ । हजुरआमा तपाईंले भन्नुभएको कुरा मलाई आज पनि याद छ हाम्रो परिवार बिगार्न धेरै ब्यक्तिहरु हात धोएर लाग्न सक्छन तर हामी ती ब्यक्तिहरुले गरेका दुशप्रयास लाई चिर्दै चट्टान जस्तै अगाडी बढ्न गरेको आग्रह हाम्रो लागि आशीर्वाद बनेको छ ।
यो बन्दाबन्दिको समयमा फेसबुक लाइभमार्फत आफ्नो क्षेत्रका विभिन्न ब्यतित्वहरुसङ्ग कुराकानी गर्ने क्रममा “महि खाने” तथा “झोला बिसाउने घर “भनेर हाम्रो घरलाई चिन्दा कति खुसी लागेको थियो म सब्दमा बयान गर्न सक्दिन । मैले चलाएको कार्यक्रम गाउँमा राम्रोसङ्ग नचल्ने अवस्थामा पनि बुबाको मुबाइबाट सुनेर तपाईंले दिनुभएको सकारात्मक भावनाले उर्जा मिलेको छ ।आगामी दिनमा पनि एस्तै कार्य गर्न अझ उर्जा दिइरहनुहोस तपाईप्रती नमन प्रकट गर्दछु आमा ।
(बाकी कथा अर्को भागमा लिएर आउनेछु ।)