प्रकासित मिति: २०७७ आषाढ २, मंगलवार
नबिन केसी
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले कोरोना संक्रमित व्यक्तिहरुले मापदण्ड पुरा गरि होम आईशोलेसनमा बस्ने प्रतिबद्धता जनाएमा होम आईशोलेसनमा पठाउने निर्णय गरेको छ । तर घरमा मापदण्ड पुरा गर्न नसक्नेहरुलाई भने पालिकाले निर्माण गरेको आईशोलेसन कक्षमा राख्ने निर्णय गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
‘जनप्रतिनिधी वा अन्य कसैलाई कोरोना देखीयो भने होम आईशोलेसनमा बस्न सक्ने तर आम जनता भने होम आईसोलेसनमा नबसी सामुहिक आईशोलेसनमा बस्नुपर्ने बिभेदलाई अन्त्य गर्दै मापदण्ड पुरा गर्न सक्ने घरमा छुट्टै अल्गै कोठा, अलग ट्वाईलेट निर्माण गर्न सक्ने र कोरोनाको कुनै लक्षण नदेखिएकाहरुलाई घर पठाउन सक्ने गरि कार्यपालिकाले निर्णय गरेका छौ ।
तर नसकने सामुहिक परिबार भएकाहरुलाई पालिकाले निर्माण गरेका आईशोलेसनमा राख्ने छौ । ’ पछिल्लो समय निर्माण गरिएका आईशोलेसन मापदण्ड पुरा नहुने र संक्रमितहरुको स्वास्थ्य अबस्था छन बिग्रन सक्ने देखिएपछि मापदण्ड पुरा गर्न सक्नेहरुलाई मात्र होम क्वारेन्टाइननै उपयुक्त बिधी हुने पालिका अध्यक्ष आचार्यले बताए । ‘पछिल्लो समय सक्रमित व्याक्तिहरु आईशोलेशन कक्षबाट व्यास्थापन राम्रो नहुँदा भाग्ने गरेको दृष्टान्त हामि सँग छ ।
सामुहिक आईशोलेसनमा भन्दा घरमा मापदण्ड पुरा गर्न सक्ने र घरमै बस्ने चाहना भएकाहरुलाइे परिबारका सदस्यहरुले स्यार गर्ने र पौष्टीक खाना तथा तातोपानी घरेलु औषधी खुवाउने गर्दा छिटो कोरोना संक्रमण निकोहुन्छ जस्तो लाग्दछ । अर्घाखाँची जिल्लामा सोमबार १५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमा मालारानी गाउँपालिकाका वडा नं ४ का ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उनिहरुलाई पालिकाले निर्माण गरेको सामुहिक आईशोलेसनमा राखिएको पालिका अध्यक्ष आचार्यले बताए ।