नेत्र मरासिनी
ठाडा, अर्घाखाँची असार ३ । कोभिड १९ कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनको अबस्थामा रहदा कृषकले उत्पादन गरेका कृषिउपज बजार व्यबस्थापन हुन नसक्दा समस्या आएको सर्बत्र खबर आइरहदा अर्घाखाँचीमा भने सामाजिक दुरी कायमगरी उत्पादीत बस्तु बजारीकरण गरीएको छ ।
शितगंगा नगरपालीका बाख्रा पालनका लागी पकेट क्षेत्र मानिन्छ , अधिकांश किसान बाख्रा पालनलाइ मुख्य आम्दानीको स्रोत मान्दै आएका छन् । कृषकले पालनगरी राखेका खसिबोका सहजै बजारीकरण गर्न बन्दाबन्दीले असर गरेपनी सहकारी मार्फत किसानले सामाजिक दुरी कायमगरी खसिबोका बिक्रि गरेका हुन् ।
सहकारीले व्यापारीलाइ सम्पर्क गरी किसानका खसिबोका जम्मा गर्ने र किसानलाइ एकमुष्ट भुक्तानी दीने प्रक्रिया मार्फत बजारीकरण गरिएको मगराकोट कृषि तथा पशुविकास महिला सहकारी अध्यक्ष शान्ति गाहा आले ले बताउनुभयो । शितगंगा नगरपालीकामा नौ वटा कृषि सहकारी मार्फत बन्दाबन्दीकै समयमा तीनसय नब्बे भन्दा बढि खसीपाठा बिक्रि भएका छन् ।
बेच्नलाइ समय पुगेका खसीपाठा लकडाउनका कारण बजारीकरणमा समस्या आउने चिन्ताले पीरोल्न नपाउदै सहकारीले सजिलै सहजिकरण गरीदिदा किसानमा खुसि छाएको छ ।
शितगंगा नगरपालीकामा कृषि सहकारी मार्फत लोकल कुखुरा,तरकारी,दुध तथा अन्न समेत बिक्रि गरीदै आएको छ भने सहकारी मार्फत बिक्रि गर्ने किसानलाइ नगरले उत्पादनका आधारमा अनुदान वितरण गर्दै आएको छ ।