नेपालको नयाँ नक्सासहितको निशान छाप राजपत्रमा प्रकाशित

काठमाण्डौ ब्युरो  : लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि यसलाई राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको थियो ।

 

संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेका थिए । योसँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ । संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा राष्ट्रिय सहमतिसहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो ।