सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको आठौ गाउँसभा अधिबेशन आर्थिक बर्ष २०७७/२०७८ को निती तथा कार्यक्रम शनिबार एक भब्य समारोहबीच सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको सभाहलमा स्थानिय सरकार सन्चालन एैन २०७४ बमोजिम स्थानिय सरकारको नितितथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।
आर्थिक बर्षको निति तथा कार्यक्रममा प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले स्वास्थ्य शिक्षा कृर्षि पर्यटन खानेपानी बिधुत युवा स्वरोजगार दलित महिला अपाङ्ग लगाएतका बिभिन्न महत्त्वपूर्ण क्षेत्रको बिकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।
अध्यक्ष पोख्रेलले शनिबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/२०७८ को निति तथा कार्यक्रम निणर्याथ बैठकमा पेस भएपछि सर्बसहमत स्वीकृत भएको छ ।
सबै बिकासका आयमहरु समेटिएको सो निति तथा कार्यक्रममा १२९ बुदा समाबेस गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष तुल्सा देवि श्रेष्ठको बिशेष अतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले गर्नु भएको थियोे ।