गोपाल प्रसाद भट्टराई
बाँगी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी-५ बाँगीका १ सय घरका किसानहरुलाई उच्च प्रजातीका घाँसका विरूवा बितरण गरिएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन विकेन्द्रित आयोजना बुटवलले पशु आहार विकासका लागि भन्दै त्यहाँ स्थित कृषि सहकारी मार्फत उच्च प्रजातीका घाँसका विरूवा वितरण गरेको हो ।
संस्थाको तर्फबाट बुटवलबाट आउनुभएका पशु विकास अधिकृत डा. खिमानन्द खनाल र प्राविधिक सुन्दरलाल वि.क.को सहजीकरणमा सुपर नेपियर, सियो ४, मोलाटो, पास-पलम लगायतका उच्च प्रजातीको घाँस झन्डै १ सय घरका किसानलाई वितरण गरिएको हो ।
सोही सन्र्दभमा मालारानी ५ बाँगीमा डाले घाँस नर्सरी स्थापनाको लागि संस्थाले सुपा देउराली एग्रो फर्म सँग सहकार्य गर्ने सहमति समेत भएको छ ।
यस्तै पशु चिकित्सक डाक्टर खिमानन्द खनाल सहितको टोलीले मालारानी ७ मा सन्तोष के.सी.ले संचालन गरेको मालारानी बाख्रा फर्मको अवलोकन गर्दै आवश्यक सुझाव समेत दिनुभएको बताइएको छ । फर्ममा साना ठुला गरि ६५ वटा बाख्रा रहेका छन् ।