ढाकावाङको बराहारुखमा १८ वर्षिया एक युवती झुन्डिएको अवस्थामा मृत फेला

ढाकावाङ
अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको बराहारुखमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । 
ढाकावाङको बराहारुखकी १८ वर्षिया गिता भट्टराई आफ्नै घरको दलानमा चुन्निको पासो लगाई झुन्डिएको अवस्थामा  फेला परेकी हुन् ।
युवतीका मामा रमेश भण्डारीले शुक्रबार बिहान ९:३० बजे जानकारी गराएपछि ढाकावाङ प्रहरी चौकी प्रमुख गणेश गिरिको कमाण्डमा गएको टोलीले घट्नास्थलको मुचुल्का उठाएको थियो । साथै शव  पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो ।   प्रहरीले आत्महत्या गरेको बताएको छ । 

अन्य समाचारहरु