पटौटीमा वाढीले एक किशोर वेपत्ता, पाणिनीको जनजीवन पुर्ण रुपमा अस्त व्यस्त (भिडियो, फोटो सहित)

डिआरजी सुमन
पाणिनी, अर्घाखाँची व्युरो रिपोर्ट (अर्घाखाँचीडट्कम) । अविरल वर्षाको कारण पाणिनीमा जनजीवन अस्तव्यस्त भएको छ ।

पाणिनी गाँउपालिका वार्ड नं ४ पटौटी निगालीका १३ वर्षिय पुजन नेपालीलाई २०७७असार ६ गते ११ :३० वजे पटौटी कै जुकेखोलाले वगाएर लगेको उहाँको आफन्त मान वहादुर नेपालीले वताउनु भयो । पाणिनी ४ वडा अध्यक्ष स्थानेश्वर घिमिरे सहित नेपाल प्रहरी खिदीम प्रमुख सई कमलराना को नेतृत्वमा खोजीकार्य भई रहेता पनि अहिले सम्म अवस्था अज्ञात छ ।
यस्तै पाणिनी १ सिम्लेमा एक घर उच्च जोखिममा रहेको छ । पाणिनी ६ वडा सदस्य कै कुखुराफार्मवाट लाखौको क्षति भएको पाली प्रहरी चौकी ले जानकारी गराएको छ । यस्तै पाणिनी ५मैदानको कयौ घरगोठ सहित स्वस्थ्य चौकी नै पहिरोको उच्च जोखिममा परेको छ । सालझण्डीढोरपाटन सड़क सहित स्थानिक सहायक सड़क पुर्ण रुपमै अवरुद्ध भएको अवस्था छ ।
पाणिनी कै मुटु दुर्गाफाटमा वाढी खेतमा पसेर धेरै ठुलो क्षति पुराएको छ । यस्तै पटौटी, पाली, अड्गुरी, धातिवाँग, पोखराथोक, खिदिम,पणेनाका गाँउवस्तिमा घरगोठ, मकैवारी पहिरोको उच्च जोखिममा छन। विभिन्न स्थानमा विद्युत तथा खानेपानि सेवा अवरुद्ध भएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँचीडटकम्

अन्य समाचारहरु