नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १०,०९९, मृतकको संख्या २४, डिस्चार्ज २,२२४ जना

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ९० महिलाससहित ५ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताउनुभयो ।
कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको छ ।
२४ औं व्यक्ति दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष हुनुहुन्छ ।
असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उहाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ७६ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।
हालसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ ।
हाल ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।
७ हजार ८ सय ५१ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म एक लाख ८६ हजार ३ सय ६६ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।