नुवाकोटमा भूमिकास्थान नगरपालिकाक‍ो सातौ नगरसभा तथा बजेट सार्वजनिक कार्यक्रम सम्पन्न

२०७७ आषाढ १०, बुधवार मा प्रकाशित

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाक‍ो सातौ नगरसभा तथा बजेट सार्वजनिक कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिका अर्घाखाँचीले आ.ब.२०७७/०७८ का लागि कुल बजेट रु.७१ करोड ६२ लाख ११ हजार ७ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै आज नगरसभा सम्पन्न गरेको हो ।
पानसमा दिप प्रज्ज्वलन गर्नुहुँदै नगरप्रमुख रेशम थापाले भूमिकास्थान नगरपालिकाको ७ औं नगरसभाको विधिवत उद्घाटन गर्नु भयो ।
नगरसभाको विधिवत उद्घाटन पश्चात नगरप्रमुखको अनुमतिले प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले भूमिकास्थान नगरपालिकाको आ.ब.०७६।०७७ को प्रगति विवरण र कोरोना कोभिड–१९ खातामा प्राप्त रकमको विस्तृत आय ब्यय विवरण समेत प्रस्तुत गर्नुभयो ।
त्यसैगरी नगरप्रमुखको अनुमतिमा नगर उपप्रमुख खडानन्द बेल्बासेले भूमिकास्थान नगरपालिकाकोे आगामी आ.ब.२०७७।०७८ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०७७, आगामी आ.ब.२०७७।०७८ को बर्षिक बजेट र विनियोजन विधेयक, २०७७ प्रस्तुत गर्नु भएकोमा नगर प्रमुख रेशम थापाले नगर उपप्रमुख खडानन्द बेल्बासेबाट प्रस्तुत विधेयकहरु सर्बसम्मतले ऐनको रुपमा पारित भएको र आ.ब.२०७७।०७८ को नीति तथा कार्यक्रमको साथै आगामी आ.ब.२०७७।०७८ को बर्षिक बजेट समेत सर्ब सम्मतले पारित भएको घोषणा गर्नुभयो ।
सिंगो नगरपालिका र वडा तर्फ वडा नं.१ देखि १० सम्म गरी पूर्वाधारतर्फ कुल ६० वटा र कार्यक्रमतर्फ १८ वटा गरी जम्मा ७८ वटा विकास निर्माणका योजनाहरु बनाई खुद्रे र बजेट खर्च भई नतिजा नदेखिने खालका योजनाहरुलाई निरुत्साहित गर्दै नगरपालिकाले जिल्लामा अर्को एउटा उदाहरण प्रस्तुत गर्न सफल भएको छ भने कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी र लक्षित वर्गमा नगरपालिकाले विगतमा जस्तै उल्लेख्य बजेट विनियोजन गरी प्राथमिकता प्रदान गरेको छ ।
नगरपालिकाले वर्तमानमा विश्वमै महामारीको रुपमा फैलिई रहेको कोरोना कोभिड–१९ रोगबाट नगरपालिकालाई सुरक्षित राख्न आ.ब.२०७७/०७८ का लागि एक करोड बजेट विनियोजन गरेको छ । त्यसैैगरी प्रशासनिक खर्चतर्फ रु.८ करोड ११ लाख, सामाजिक सुरक्षा तर्फ रु.१२ करोड र विपद ब्यबस्थापन तर्फ रु.१० लाख रकम विनियोजन गरेको छ ।
७औं नगरसभाको अवसर पारेर भूमिकास्थान नगरपालिका वडा नं.४ का वडा सदस्य एवं राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष एवं वर्तमान केन्द्रिय सदस्य झबिलाल थापाले भूमिकास्थान नगरपालिकाको स्थानीय तह प्रकोप ब्यबस्थापन खातामा जम्मा गर्नेगरी व्यक्तिगत सहयोग स्वरुप रु.१० हजार नगद सहयोग प्रदान गर्नुभयो ।
भूमिकास्थान नगरपालिकाको ७ औं नगरसभालाई भब्य, सभ्य र सानदार ढङ्गबाट सु–सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नगर उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी नगरसभा सभासदहरु (सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सम्पूर्ण वडा सदस्यहरु) को साथै नगरसभा सम्पन्न गर्न अहोरात्र खट्ने नगरपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु सबैमा नगर प्रमुख रेशम थापाले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
यसैगरी आफूले प्रस्तुत गरेका भूमिकास्थान नगरपालिकाकोे आगामी आ.ब.२०७७।०७८ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०७७, आगामी आ.ब.२०७७।०७८ को बर्षिक बजेट र विनियोजन विधेयक, २०७७ सर्बसम्मत रुपमा पारित गरेकोमा नगरसभामाा उपस्थित सम्पूर्ण नगरसभा सभासदहरु प्रति नगर उपप्रमुख खडानन्द बेल्बासेले धन्यवाद व्यक्त गर्नुभयो ।         

अन्य समाचारहरु