चिलीमा राष्ट्रपतिको पद सम्हाल्नुभएका सेबासथ्यान पिनेराले स्थानीय समय आज एघार बजेतिर कांग्रेसको आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो।उक्त समारोह सम्पन्न भएपछि उहाँले विमानद्वारा त्यहाँको भूकम्पबाट गम्भीर प्रभावित क्षेत्र चोन्स टिटुचिन पुगेर तत्तस्थानमा राष्ट्रपतिको एक नम्बर आदेश वितरण गर्नुभयो। यसका साथै उहाँले 42 लाख प्रकोपग्रस्तहरुलाई आर्थिक सहयता उपलब्ध गराउने कुरा घोषित गर्नुभयो।
सो आदेशअनुसार चिली सरकारले मार्च महिनामा 32 करोड पेसो रकम प्रदान गर्नुका साथै सबभन्दा गरिब हरेक परिवारलाई 40 हजार पेसो रकम सहयता पनि उपलब्ध गराउने छ।
नव निर्वाचित सरकारले सोही दिन तुरुन्तै प्रकोप र जरुरीको सामना गर्ने पूर्व योजना सञ्चालन गर्नुका साथै सार्वजनिक परियोजना मन्त्री लगायतका मन्त्री मण्डलका धेरै सदस्यले स्थानीय प्रकोपग्रस्त परिस्थितिको निरीक्षण गर्ने कुरा घोषणा गरेको छ।