अर्घाखाँचीडट्कम संवाददाता
अमराई , अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको उपभोत्ताहित संरक्षण समिति अन्तरगतको बजार अनुगमन समितिले आज शितगंगा ४ ठाडाको अमराई बजार क्षेत्र अनुगमन गरेका छन ।
बजार क्षेत्रमा सञ्चालित बिभिन्न पसलहरुको अनुगमन गर्दै नियम अनुसार दर्ता भए नभएको ,कर चुक्ता भए नभएको ,मुल्य सुची भए नभएको ,दर्ता भए बमोजिमको सामान बिक्री गरे नगरेको लगायत शितगंगा नगरपालिकाको बजार अनुगमन सम्बन्धी ब्यवस्था अनुसार अनुगमन गरिएको छ ।
समितिका सयोंजक नागेन्द्र नेपालको संयोजकत्वमा गएको अनुगमन टोलीले अमराइका औषधी पसल,होटल, तथा किराना गरि २० वटा पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद सकिएका चाउचाउ, कस्मेटिक सामाग्री, बेसार,बडि क्रिम,साबुन ग्रिन टि मसला लगायतका सामाग्री समेत बरामद गरेको छ । अनुगमन टोलीले सम्पुर्ण पसलहरु लाई सचेत समेत बनाएको छ । पसलमा १५ दिन पछि पुन अनुगमन जाँदा सुधार गर्नु पर्ने बिभिन्न कमजोरी लाई लिखित रुपमै दिएर सुधार गर्ने समय समेत दिएको अनसगमन टोलीका संयोजक नेपालले जानकारी दिनु भयो ।
एकै पसलमा दर्ता गरे भन्दा फरक फरक सामाग्री बिक्री गरेको पाइएकोमा त्यस्तो नगर्न सचेत बनाईको छ । साथै खाद्यान्न सामाग्री सँगै सुर्ती चुरोट, मदिरा तथा अन्य अखाद्य बस्त नराख्न निर्देशन समेत अनुगमन टोलीले दिएको छ साथै केही पसलमा पेट्रोलियम पदार्थ समेत बिक्री गर्ने गरेकोमा तत्काल रोक लगाएको र आगामी दिनमा त्यस्तो पाइएमा कारवाही गरिने निर्देशन समेत गरेको अनुगमन टोलीका संयोजक नागेन्द्र नेपालले जानकारी दिनु भयो ।