पाणिनीको खिदिममा एक महिलाले ३ जना छोराछोरीसँगै खोलामा हाम फालिन्

खिदिम
अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर  -३ खिदिममा घरायसी झगडापछि खोलामा हाम फाल्दा ४ जना घाइते भएका छन् । 
प्रहरी चौकी खिदिम र ग्लोबल आवाजका अनुसार खिदिमका सुवास नेपालीले जाँड खाएर परिवारसँग झगडा गरेपछि उनका परिवारले घर नजिकको खोलामा हाम फालेका हुन् । 
सुवासका श्रीमती २५ वर्षिया पबिता नेपालीले आफ्ना ३ जना छोराछोरी ६ वर्षिया छोरी टिका नेपाली, ४ वर्षका छोरा चरण नेपाली र १८ महिनाको काखको बालक विष्णु नेपालीलाई लिएर एक साथ खोलामा हामफोलेकी थिईन् । 
हामफोलेको देखिपछि स्थानियबासीले खोलामा बग्दै गरेका अवस्थामा उद्दार गरेका थिए । घाईते उनिहरुको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाको  थप अनुसन्धान गरिरहेको बताएको छ ।

अन्य समाचारहरु