भुमिकास्थानको नुवाकोट स्थित लम्चीमा रहेको श्री लम्ची आधारभूत विद्यालयमा पढाई शुरु

अर्घाखाँचीडट्कम संवाददाता
लम्ची, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर -८ नुवाकोटको लम्चीमा रहेको श्री लम्ची आधारभूत विद्यालयमा पढाई शुरु भएको छ ।
नुवाकोटको लम्चीमा रहेको श्री लम्ची आधारभूत विद्यालयमाले  आफ्नो विद्यालयलाई क्वारेन्टाइन बनाइएकोले बिभिन्न ५ स्थानमा निश्चित दुरि कायम राख्दै विभिन्न समूह बनाई  मास्क र स्यानिटाइजरको प्रयोग गरेर बिद्यार्थीहरुलाई पढाउन शुरु गरेको हो ।
तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।
कक्षा–१ देखि ५ सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयले बताएको छ । साथै वर्षा भएको समयमा भने कक्षा सञ्चालन हुने छैन् । 
ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।  
उता सन्धिखर्क नगरपालिका वार्ड नम्बर -८ किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण माध्यामिक विधालयमा पढाई शुरु भएको छ । भने जिल्लाका अन्य विधालयले अन्लाईनबाट तथा निश्चित दुरि कायम राख्दै बिद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।   

अन्य समाचारहरु