झनक के.सी
सितापुर, सितापुर । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. २ सितापुरमा मंगलवारदेखि प्रधानमन्त्री स्वरोजगार कार्यको सुरुवात भएको छ।
वडासदस्य भान बहादुर क्षेत्रीको नेतृत्वमा हिजो मंगलबार देखि प्रधानमन्त्री रोजगार कार्यको सुरुवात भएको हो।
कोरोनाको कारण लामो समय सम्म नेपाल सरकारले लगाएको लकडाउनका कारण मजदुरी गरेर खाने मजदुरहरु काम बिना नै बस्नु परेको अवस्था थियो ।
सितापुरको भुवनपाटा देखि पातलटोल हुँदै नयागाउसम्म गोरेटो बाटो पहिलाको भन्दा चौडा बनाउने भत्केका बाटोमा ढुङ्गाको बाल लगाएर पहिलाको भन्दा ठूलो र बलियो बनाउने उद्देश्यले यो कार्य गरेको भन्दै गोबिन्द रेस्मिले बताउनु भयो।
प्रधानमंत्री स्वरोजगार कार्यको शुरुवात भय संगै मजदुर गरेर दैनिकी चलाउने मजदुरहरुले खुसी व्यक्त गरेका छन् ।