मालारानी गाउँपालीकाद्वारा मरेङका कृषकलाई बाख्रा बितरण

दिपेन्द्र खत्री
मरेङ, अर्घाखाँची १८ असार  । अर्घाखाँची जिल्लाकाे मालारानी  गाउँपालीका वार्ड नम्बर १ मरेङले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत कृषकलाई बाख्रा बितरण कार्यक्रम सम्पन्न गरेकाे छ।
 
मालारानी गाउँपालीका वार्ड नम्बर १ मरेङ भित्रका ९ घर परिबारलाई बाख्रा बितरण गरेकाे हाे। विश्व भर महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस काेभिड (१९)काे कारण गाउँका युवाहरु बेरोजगार भई रहेकाे बेला मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत बाख्रा बितरण कार्यक्रमले गाउँका युवा निकै खुसी देखीएकाे वडाअध्यक्ष बाल कृष्ण आचार्यले जानकारी दिनु भयाे।
उक्त कार्यक्रम मार्फत वडाअध्यक्ष आचार्यले उक्त वार्ड भित्र रहेका सम्पुर्ण कृषकलाई क्रमबद्ध रुपमा वार्डमै राेजगार दिने सम्म बताउनु भयाे।
उक्त कार्यक्रमका सहजकर्ता भरत न्यौपाने समाजसेवी व्यक्ति  शालिकराम आचार्य  वडाअध्यक्ष बालाकृश्ण आचार्य लगायतको उपस्थित रहेकाे थियाे। 
मुख्यमन्त्री शंकर पोख्रेलले  प्रदेश ५ भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देशले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सन्चालनमा ल्याएकाे जानकारी दिनुभयाे।