श्याम घिमिरे
मथुरा, अर्घाखाँची असार १९ । पतञ्जलि योग समिति अर्घाखाँचीले छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गाकाे एग्रो पोली टेक्निकल इन्स्टिचुट मथुराकाे आईसाेलेशनमा रहेका काेभिड-१९ संक्रमितलाई आज सप्त बूटी जडिबुटी र च्यवनप्राश बितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले संयोजन गर्नु भएकाे उक्त कार्यक्रम पतञ्जलि योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता, युवाप्रभारि लक्ष्मण पराजुलीकाे सन्चालन र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलकाे प्रमुखको आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री,प्रहरी नायव उपरीक्षक माधब बढाथाेकि,छत्रदेब गाउपालिका वडा नं ३ का वडाअध्यक्ष तेजप्रसाद खनाल , वाड नं ४ का वडाअध्यक्ष अशाेक कुमार श्रेष्ठ ,क्याम्पस प्रमुख,पतञ्जलि योग समिति प्रदेस सदस्य बिना पन्थी , सन्धिखर्क नगर अध्यक्ष पार्वता श्रेष्ठ , संगठनमा मन्त्री मनिराम अर्याल लगायतको उपस्थिति रहेकाे पार्बता श्रेष्ठले जानकारी दिनुभएको छ ।
पतञ्जलि याेग समितिले पछिल्लोपटक जिल्लाका विभिन्न क्वरेन्टिन र आईसाेलेशनमा पुगि याेग क्लास र विभिन्न जडिबुटीहरू बितरण गरिरहेकाे छ ।