मधुसुधन पाण्डे/दिपेन्द्र खत्री
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा शिव प्रगतिशिल महिला कृषि सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ ।
मालारानी गाउँपालिकाको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा शिव प्रगतिशिल महिला कृषि सहकारी संस्था मालारानीकी अध्यक्ष शरस्वता पाण्डे तथा संस्था कि सचिव यमुना भुसाल मार्फत रु. ५०,०००/- (अक्षेरुपी पचास हजार मात्र ) आर्थिक सहयोग गरिएको हो । सहयोग रकम गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री लगायत गाउँपालिकाका कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
वि स २०६५ मा स्थापना भएको सहकारीले स्थापना पछी सहकारीभित्रका सेयर सदस्यहरुलाई मात्र नभई सम्पुण महिलाको अधिकार तथा हकहितकाे लागि काम गरिरहेकाे संस्थाकि सचिव यमुना भुसालले जानकारी दिईन।मालारानी गाउँपालिकाको कोराना कोषमा विभिन्न संस्था तथा व्याक्तिहरुले आर्थिक सहयोग गरिरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो ।
अहिलेसम्म मालारानी गाउँपालिकाका ३४ क्वारेन्टाईन स्थलमा १४९ जना रहेका छन् । साथै यहाँ अहिलेसम्म ६७ जना कोरोना संक्रमित रहेको पुष्टी भएको छ । साथै यहाँ निको हुनेको संख्या सुन्य रहेको छ ।