वाङ्लाको हटियामा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गरिव, विपन्न परिवारलाई बाख्राहरु वितरण

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार २० । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं।-४ वाङ्लाको हटियामा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गरिव, विपन्न परिवारहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले आ.ब.०७६/०७७ मा विनियोजन बजेट रु.२,५०,००० को कार्यक्रमबाट स्थानीय जातका बाख्राहरु वितरण गरिएको छ ।
वाङ्लाको हटियामा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गरिव, विपन्न परिवारहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले आ.ब.०७६/०७७ मा विनियोजन बजेट रु.२,५०,००० को कार्यक्रमबाट स्थानीय जातका बाख्राहरु वितरण शुक्रबार सम्पन्न भएको हो  ।
 कार्यक्रममा स्थानीय जात २४ वटा बाख्रा कृषकहरूको लागि वितरण गरियो वितरण कार्यक्रमसंगै मानिस र बाख्राको समेत विमा गरिएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उप-मेयर ठाकुर कुमार वि.क. , स.न.पा.-४ का वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,  वडासदस्यहरु हुमलाल श्रेष्ठ , उमेश अधिकारी , वडासचिव संगिता घिमिरे, गरिबसँग विश्वेश्वर कार्यक्रमका अर्घाखाँची संयोजक कल्पना नेपाली र गरिवसंग विश्वेश्वर कार्यक्रम वार्ड संयोजक सुसिला बस्नेत , सामाजिक परिचालिका माया भुसाल, लगाएत कृषकहरू को समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु