फुटको नजिक नेकपा, ओलीले भने अब पार्टी एक हुने सम्भावना निकै कम

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा बताउनुभएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई पछिल्लो अवस्थाको बारेमा जानकारी दिदै एकता बचाउन मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ । म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ ।
त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन, ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले जानकारी दिनुभयो । नेपाल समाचारपत्रमा समाचार छ ।