डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । व्युरो रिपोर्ट अर्घाखाँची डटकम । पाणिनी पर्यटन समाज अर्घाखाँचीले आज पाणिनी गाँउपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका विच संस्थाको भित्तेपात्रो विमोचन गरेको छ । पाणिनीगाँउ पालिकामा सामाजिक कार्य देखी समाजसेवामा समेत योगदान पुर्याउदै आएको संस्थाले यसपटक कोरोना लक्षित लकडाउन समयका कारण २०७७ को भित्तेपात्रो असारको अन्तिम हप्ता मात्र सार्वजनिक गरेको हो ।
पाणिनी गाँउ पालिका स्थित विभिन्न स्थानमा पाणिनी पर्यटन समाज अर्घाखाँचीले उल्लेखनीय कार्यगर्दै आएको छ । हामीले सहयोग गर्दै पनि आएका छौ आगामी दिनमा यसले अझ उल्लेखनीय कार्यगर्दै जाओस सुभ कामना छ भन्दै पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतमले सहि र सत्यतालाईसाथ दिदै हामी सुझाव लिन र आपसी समझ्दारीमा पाणिनी गाँउ पालिका को विकासमा आवश्यकसहयोग गर्न तयार छौ भन्नु भयो । यस्तै सकरात्मक कार्यका साथ विकासमा लागेको पाणिनी पर्यटनसमाज ले यसरी २०७७ क्यालेन्डर विमोचन कार्यक्रममा समेत जुट्न सफल भएको प्रति धन्यवाद दिनचाहान्छु साथै सस्थावाट हुने हरेक सकरात्मक कार्यमा हाम्रो सदैव सहयोग रहने छ गाँउ पालिकाउपाध्यक्ष लक्ष्मी गौतम ले आफ्नो मन्तव्यमा भन्नु भएको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका उपादक्ष्य धुर्वराज घिमिरे,कोषाध्यक्ष खुम वहादुर नेपाली,सदस्यखुम वहादुर सु्र्यवंशी,राम प्रसाद भट्टराई,रोमाकान्त भट्टराई,पम्फा विक लगायतको उपस्थिती रहेकोकार्यक्रमको प्रमुख अथिती पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम, विशेष अतिथि पाणिनी गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम, अथिती पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत मधुसूदन पौडेल, अथितीमापाणिनी गाँउ पालिका वडा ५ न. वडाध्यक्ष जीवलाल घिमिरे, पाणिनि गाँउ पालिका स्वास्थ्य साखा संयोजक शेषकान्त घिमिरे , स्वतन्त्र पत्रकार डिआरजी सुमनकोआथित्यता रहेको कार्यक्रमको अध्यक्षता पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनाम रहेकोविमोचन कार्यक्रम समाजका सचिव केशव वन्जाडेको संचालन सम्पन्न भएको थियो ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीलाई सदैव सामाजिक कार्यमा साथ दिई रहने पाणिनी गाँउ पालिका,स्थानीय जनता र विभिन्न संघसस्थाले पुराउनु भएको योगदानको खुलेर प्रसंसा गर्न चाहान्छु पाणिनीपर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनामले आफ्नो धारण राख्नु भएक थियो। – तस्वीरडिआरजी सुमन / अर्घाखाँची डटकम्