शुल्क लिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका निजी विद्यालयहरुको आन्दोलन स्थगित

काठमाडौं । शुल्कको विषयमा लिएर आन्दोलनमा उत्रिएको निजी विद्यालयहरुले आन्दोलन स्थगित गरेका छन् । जेठ महिना देखिको अतिरिक्त शुल्कबाहेक अन्य शुल्क लिन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसँग हिजो भएको छलफलमा सरकारले केही कदम चाल्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । निजी विद्यालयहरुको छाता संगठन प्याव्सनका अध्यक्ष टिकाराम पुरीले शिक्षामन्त्री पौडेलले आफूहरुको माग पूरा गराउन थप छलफल गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।
प्याब्सन र एन-प्याब्सनले वैशाख महिनाको शुल्क मिनाह गर्ने तर जेठदेखिको शुल्क लिन पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । इमेजखबरमा समाचार छ ।