हंसपुरको रतनमारेमा वार्ड स्तरीय योजना तर्जुमा तथा कार्यशाला गोष्ठी सम्पन्न

घनश्याम पौडेल 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माले आवधिक योजना बनाएर गाउँपालिकालाई नमुना बनाउने बताउँनुभएको छ ।
मालारानी गाउँपालिकाको आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको प्राविधिक सहजीकरणमा प्रथम आवधिक गाउँपालिका विकास योजना २०७७र०७८ देखी २०८०र०८१ वडा स्तरीय योजना तर्जुमा तथा कार्यशाला गोष्ठी मालारानी गाउँपालिकाको वडा नम्बर ६ हंसपुरको रतनमारेमा भएको कार्यक्रममा अध्यक्ष आचार्यले दिर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना छनोट गरेर गाउँपालिकाको विकासमा मालारानी अगाडी बढेको बताउँनुभयो । मालारानीको दिर्घकालीन विकासका लागी आवधिक योजना निमार्ण गरेर गाउँपालिका अगाडी बढने बताउँनुभयो ।
गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले गाउँपालिका पुर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका विकासमा अगाडी बढेको बताउँनुभयो ।
लुम्बिनी सामाजिक विकास केन्द्रले प्राविधिक सहयोग गरेको कार्यक्रममा सामाजिक आर्थिक विज्ञ इन्द्रमणि पौडेल र संस्थागत विकास विज्ञ कृष्णप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम वडाअध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता र लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाईजर चन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा २६ जनाको उपस्थिती रहेको थियो । ६ वटा विषयगत समिती बनाएर योजना माथि व्यापक छलफल भएको थियो । विषयगत समितिहरु क्रमसः आर्थिक विकास समिती, सामाजिक विकास समिति, भौतिक पुर्बाधार विकास समिति, वातावरण समिति, संस्थागत विकास समिति र प्रोफाइल तयारी समितिले आआफनो प्रस्तुतिकरण गरेका थिए ।
स्थानियले वडामा मुख्य कृषिमा सुन्तला, तरकारी खेती, माटो परिक्षण, कोल्डस्टोर लगाएत बाख्रापालन आदि क्षेत्रमा उपयुक्त वडा भएकोले सोही विषयमा छलफल भएको थियो ।