काठमाडौं उपत्यकामा एकै दिन ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।
सोमबार १८० जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो छ ।
मन्त्रालयका अनुसार सोमबार थप २६४ जना डिस्चार्ज भएका छन् ।
योसहित कोरोना जित्नेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार १ सय १८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । इमेजखबरमा समाचार छ ।