डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची व्युरो रिपोर्ट । २४ असार । अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका वार्ड नं ७ अड्गुरी द्धारा आजएक कार्यक्रमका साथ कृषकलाई पानी ट्यांकि वितरण गरिएको छ । गरिवी निवारण कार्यक्रमअन्तर्गत सघीय सरकारको कुल दुई लाख पचास हज़ार वजेट मध्ये दुई लाख सैंतीस हज़ार वजेट खर्चगरी आज ४२ घरधुरीलाई ५०० लिटरको ज्ञानी पानी टैकी जडानको लागी आवश्यक पर्ने सवै सामग्रीसहित टैकि वितरण गरिएको छ ।
स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनको लागी पानि संकलन गर्न टैकि अति आवश्यकता रहेकोमहसुस गरिएको कारण हामी यों अवस्था आउन सफल भयौ । कृषकहरु यसलाई सहि तरिकालेसदुपयोग गर्दै पानि संकलन गरी कृषिजन्य उत्पादन वढाउन मात्र हैन । यहाँका कृषकलाई थपआत्मनिर्भर वनाउन पनि यों योजना सफल हुनेछ भन्ने आशा लिएका छौ पाणिनी गाँउ पालिका वडा नं७ अध्यक्ष गुनाखर अधिकारीले सम्बन्धित सवैलाई अनुरोध पनि गर्नु भएको थियो ।
पाणिनी ०७ चिभेकमा आयोजित गरिएको कार्यक्रममा पाणिनी गाँउ पालिका ७ नं वडा अध्यक्षगुनाखर अघिकारी, वडा सदस्य पदम वहादुर महत्रा,नवीन कुमार टंडन,कमली सुनार, सामाजिकपरिचारिका गिता केसी सहित सेवाग्राही तथा स्थानीय वाँसीको उपस्थितीमा समुहका सवैजनासदस्यहरु लाई टैकि वितरण गरिएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्