आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।
मन्त्रीपरिषद् बैठक आब्हन गर्नुभएका उहाँको बैठक सकिने बितिकै निधन भएको हो ।
मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गर्नुभएका कोलावाली बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो ।
कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्कनु भएको थियो ।
प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
यसैबीच, आइभरीकोष्टका राष्ट्रपति एलासानी ओटाराले प्रधानन्त्री कोलाबालीको निधनले देश शोकमा रहेको बताउनु भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो ।(एजेन्सी)